Logo

आजै थपिए ४१८ जना कोरोना संक्रमित, संक्रमितको संख्या २० हजार ७५० पुग्यो

आजै थपिए ४१८ जना कोरोना संक्रमित, संक्रमितको संख्या २० हजार ७५० पुग्यो



काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ सय १८ जनामा कोरोना भाइरस कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ७ हजार ६ सय ३७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालबाट ३ सय ५८ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन्। आज डिस्चार्ज भएकासहित हालसम्म १४ हजार ९ सय ६१ जना कोरोनाबाट निको भएका छन्। देशभर ५ हजार ६ सय ३२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

हालसम्म ३ लाख ९८ हजारको पिसिआर परीक्षणा भएको छ। यससँगै नेपालमा कुल संक्रमितको संख्या २० हजार ७५० पुगेको छ । यस्तै हालसम्म ५७ जना कोरोना संक्रमितको मृत्यु समेत भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL