Logo

घलेले दोस्रो कार्यकालका लागि उम्मेदवारी घोषणा गरे,थालेका काम पुरा गर्ने उद्देश्य

घलेले दोस्रो कार्यकालका लागि उम्मेदवारी घोषणा गरे,थालेका काम पुरा गर्ने उद्देश्य


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

१ असोज,काठमाडा । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । घलेले गैरआवासीय नेपाली संघ बेलायतको आयोजनामा बिहीबार साँझ लन्डनस्थित नेपाली दूतावासमा आयोजित एक विषेश समारोहबीच उम्मेदवारीको घोषणा गरेका हुन् ।

सो अवसरमा उनले दुई वर्षको कार्यकालमा थालेका धेरै कामहरू पुरा गर्न बाँकी रहेकाले त्यसलाई पूरा गर्ने बताए । घलेले आगामी कार्यकालमा पनि बिगतमा जस्तै आफ्नो सम्पूर्ण समय र स्रोत साधन एनआरएनएको विकाशमा लगाउने जानकारी दिए ।
तर नयाँ कार्यक्रम भने अहिलेनै सार्वजानिक नगर्ने बताएका छन् ।

आगामी अक्टुवरको १४ देखी १७ सम्म काठमाडौमा हुने सातौ विश्व सम्मेलनमा नेतृत्व चयनका लागि हुने निर्वाचन हुनेछ ।

कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि कार्यबाहक राजदूत तेज बहादुर क्षेत्रीले नेपाल सरकार गैरआवासीय नेपाली संघ सहकार्य गरेर अगाडि बढ्न तयार रहेको विचार ब्यक्त गरे । साथै नेपालमा भूकम्पपछि गैरआवासीय नेपालीहरुले खेलेको भूमिका प्रति आभार ब्यक्त गरे । यता संघका केन्द्रीय सदस्य कुल आचार्यले अगामी विश्व सम्मेलनमा आफुले यूरोप संयोजकमा उम्मेदवारी दिने घोषणा गरे ।

सोही अवसर तमुधिं यूकेका अध्यक्ष रामचन्द्र गुरुङले संस्थाको तर्फबाट भूकम्प पीडितका लागि संकलन भएको १ करोड ११ लाख रुपैयाँको चेक अध्यक्ष घलेलाई हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL