Logo

आईतबार थपिए २४६ जना कोरोना संक्रमित, उपत्यकाका ३१ जनामा संक्रमण पुष्टि

आईतबार थपिए २४६ जना कोरोना संक्रमित, उपत्यकाका ३१ जनामा संक्रमण पुष्टि



काठमाडौं । आइतबार नेपालमा २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा भएको ८ हजार भन्दा बढी स्वाब परीक्षणमा २ सय ४६ जना संक्रमित भेटिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २० हजार ३ सय ३२ जना रहेका छन् ।

आइतबार कोरोना संक्रमण निको भएर १ सय ११ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ६०३ जना रहेका छन् ।

यस्तै आजै काठमाडौं उपत्यकामा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २२, ललितपुरमा ८ र भक्तपुरमा १ जना कोरोना संक्रमित भेटिएका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL