Logo

बाँके र बारामा आजदेखि निषेधाज्ञा जारी, समुदायस्तरमै कोरोना देखियो

बाँके र बारामा आजदेखि निषेधाज्ञा जारी, समुदायस्तरमै कोरोना देखियो



काठमाडौं । कोरोनाभाइरसको संक्रमण समुदायस्तरमै देखिएपछि बाँके र बारामा आजदेखि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेमा विहिवार बसेको कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले आजदेखि तीन दिनसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।

उक्त बैठकको निर्णय अनुसार आजदेखी निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञा गरिएका्े समयमा अत्यावश्यक सेवा र बस्तु बाहेक सबै बन्द गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए । उनले कोरोना संक्रमणको विस्तारलाई रोक्न निषेधाज्ञा गरिएको बताए ।

बारामा आजदेखि अनिश्चितकालीन निषेधाज्ञा

बारामा आज बिहान ५ बजेदेखि पुनः निषेधाज्ञा जारी गरिएको छ । छिमेकी जिल्ला पर्साको वीरगञ्जमा जनप्रतिनिधी, सांसद लगायत समुदायस्तरमा नै कोरोना भाईरसको संक्रमण फैलिएसंगै बारामा पनि संक्रमित बढेका छन् ।

संक्रमणले भयावह रूप लिन सक्ने भन्दै जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले आज बिहानदेखि अर्को सूचना नभइन्जेलसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

अत्यावश्यक काम बाहेक कोही पनि नागरिक भेला हुन तथा घर बाहिर निस्कन नहुने, पर्सा तथा बारा जिल्ला जोड्ने हुलाकी लोकमार्गमा पर्ने सबै स्थानीय तह, कलैया बजार क्षेत्र, पथलैया(बीरगञ्ज औद्योगिक कोरिडोरमा पर्ने जीतपुर, सिमरा, पथलैया, परवानीपुर, नितनपुर, निजगढ, कोल्हवी, सिम्रौनगढ, वरियारपुर लगायत अत्याधिक भिडभाड हुने तथा हाट बजार लाग्ने ग्रामीण क्षेत्रहरु अर्को निर्देशन जारी नभए सम्म पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL