Logo

खतरा ! ट्राफिक प्रहरीमा कोरोना पुष्टि भएपछि बग्गीखाना सिल, एसएसपीसहित ३७५ जना क्वारेन्टिनमा

खतरा ! ट्राफिक प्रहरीमा कोरोना पुष्टि भएपछि बग्गीखाना सिल, एसएसपीसहित ३७५ जना क्वारेन्टिनमा



काठमाडौं । दुई जना ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखा बग्गीखाना सिल गरिएको छ ।

संक्रमणको जोखिम बढेपछि महाशाखाका प्रमुख, एसएसपी भीमप्रसाद ढकालसहित ३७५ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

गत शुक्रबार संक्रमण पुष्टि भएकाहरुलाई भने अस्पतालमा पठाइएको एसएसपी ढकालले जानकारी दिए । ३७५ जना क्वारेन्टाइनमा गएपछि महाशाखाका मातहतका अहिले साढे ११ सय हाराहारी जनशक्ति काममा खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL