बिजखबर संबददाता
१ असोज,काठमाडौं । संविधान जारी हुने दिन ३ र ४ गते सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ । मन्त्रीपरिषद्को शुक्रवार बसेको बैठकले संविधान जारी हुने दिन र त्यसको भोलीपल्ट सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
यी दुवै दिन नेपालस्थित कुटनीतिक नियोगका कार्यालय पनि बन्द रहने बताइएको छ।
देशले नयाँ संविधान पाउन लागेको सो दिनलाई उत्सवका रूपमा मनाउन सरकारले दुई दिन सार्वजनिक बिदा दिने र दुवै दिन साँझ दीपावली गर्ने निर्णय गरेको हो ।