बिजखबर संबाददाता
१ असोज,काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा थाई एयरको जहाजको चक्कामा आगो लागेको छ ।शुक्रबार बिहान अवतरण गर्ने क्रममा पछाडीको दायाँ चक्कामा आगो लागेको विमानस्थल स्रोतले जानकारी दिएको छ ।
विमान एक सय भन्दाबढी यात्रु बोकेर बैंककबाट आएको थियो ।
चक्कामा आगो लागेको थाहा पाउनेवित्तिकै विमानस्थल प्रशासनले तत्कालै सबै यात्रुलाई ओरालेको थियो ।
विमानस्थलका प्राविधिकले जाँच गरेर चक्कामा लागेको आगो निभाएका थिए । विमानका सबै यात्रु सकुशल रहेका विमानस्थल स्रोतले जानकारी दिएको छ ।