Logo

पुनः बढ्दै कोरोना संक्रमित, आजै थपिए २७४ जना संक्रमित, मृत्यु हुनेको संख्या ५२

पुनः बढ्दै कोरोना संक्रमित, आजै थपिए २७४ जना संक्रमित, मृत्यु हुनेको संख्या ५२



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ७४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित थपिएपछि नेपालमा कुल संक्रमितको संख्या १९ हजार ५ सय ४७ पुगेको छ।

त्यस्तै विगत २४ घण्टामा कोरोनाबाट २ सय २७ जना निको भइ घर फर्किएका छन्। यीसहित हालसम्म १४ हजार २ सय ४८ जना निको भएका छन्।

पछिल्लो २४ घण्टामा ६ हजार ३ सय ४ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ३ लाख ६४ हजार ६ सय ४८ जनाको पिसिआर परीक्षण भएको छ।

हाल देशभर ५ हजार २ सय २७ सक्रिय संक्रमित छन्। त्यस्तै ५२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्
MBL