Logo

अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा

अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा



काठमाडौं । पहिराका कारण अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ । अविरल वर्षासँगै सो राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा पहिरो खस्दा बिहान ८ः५५ बजेदेखि सडक दुईतर्फी अवरुद्ध बनेको थियो ।

एक्साभेटर लगाएर पहिरो हटाएपछि अहिले सडक पूर्णरुपमा सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । बिहान निरन्तर पानी परेकाले पहिरो हटाउन समय लागेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्
MBL