Logo

अब बिद्यालयलाई क्वारेन्टाईनको रुपमा प्रयोग गर्न नपाईने, क्वारेन्टाईन बनाएका विद्यालयलाई निर्मलीकरण गर्नुपर्ने

अब बिद्यालयलाई क्वारेन्टाईनको रुपमा प्रयोग गर्न नपाईने, क्वारेन्टाईन बनाएका विद्यालयलाई निर्मलीकरण गर्नुपर्ने



काठमाडौं । अब विद्यालयमा क्वारेण्टीन र आईसोलेसन बनाउन नपाइने भएको छ । बिहीबार मन्त्रिपरिषद बैठकका पछिल्ला निर्णयहरु सुनाउँदै अर्थ, संचार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा विद्यालय भवन र परिसरमा क्वारेण्टीन र आइसोलेसन बनाउन नपाउने निर्णय गरेको बताएका हुन ।

यसअघि क्वारेण्टीन र आइसोलेन बनाएका विद्यालयलाई सम्बन्धित पालिकाले पूर्णरुपमा निर्मलीकरण गर्नै पर्ने निर्णय भएको समेत उनले जानकारी दिए ।

यस्तै शैक्षिक सत्र २०७६र७७ को नतिजा प्रकाशन गर्ने, भदौ १ गतेदेखि विद्यार्थी भर्ना गरेर कक्षागत रुपमा विवरण यकिन गर्ने, पाठ्यपुस्तक वितरण गर्ने र शिक्षकहरु विद्यालय पुगिसक्नु पर्ने पनि सरकारले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL