Logo

उद्योगमन्त्री भट्टलाई एमसीसीको पक्षमा बोले जहाँ भेट्यो त्यहीं टाउको काट्ने धम्की

उद्योगमन्त्री भट्टलाई एमसीसीको पक्षमा बोले जहाँ भेट्यो त्यहीं टाउको काट्ने धम्की



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई ज्यान मार्ने धम्की आएको बताएका छन् ।

बिहीबार संसदको उद्योग तथा वाण्ज्यि श्रम तथा उपभोक्त हित समितिको बैठकमा बोल्दै उनले एमसीसी सम्बन्धी सम्झौतालाई समर्थन गरेमा आफूलाई ज्यान मार्ने धम्की दिएको बताएका हुन् ।

उनले समितिमा बोल्दै भने, ‘मलाई बझाङबाट फोन गरेर एकजनाले एमसीसीको पक्षमा बोले जहाँ भेट्यो त्यहीँ टाउको काट्छु भनेर धम्की दिनुभएको छ’ ।

ज्यान मार्ने धम्की दिने व्यक्तिलाई ‘मैले एमसीसीबारे के अध्ययन गर्नुभएको छ भनेर सोध्दाचाहिँ उहाँले थाहा छैन भन्नु भयो,’ भट्टले भने । मन्त्री भट्टले नेपालमा कुनै पनि विषयमा पढ्दै नपढी प्रतिक्रिया जनाउने प्रचलन बढ्दै गएको समेत दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL