Logo

कमलादीमा बरामद नक्कली सुन र हतियारबारे अनुसन्धान गर्न एसएसपीको नेतृत्वमा छानबिन समिति

कमलादीमा बरामद नक्कली सुन र हतियारबारे अनुसन्धान गर्न एसएसपीको नेतृत्वमा छानबिन समिति



काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले मंगलबार राजधानीको कमलादीबाट आधा किलो सुन र पेस्तोल बरामद भएको घटनामा प्रहरीमाथि नै प्रश्न उठेपछि छानबिन समिति गठन गरेको छ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति बनाइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।

नक्कली सुनसहित हतियार भएको झोला फ्याँकेर गाडी उम्किएको थियो। कमलादी क्षेत्रमै दिउँसै कसरी गाडी उम्कियो भन्ने विषयमा प्रहरीको अपरेसन नै कमजोर भएको टिप्पणी भएपछि छानबिन समिति गठन भएको हो।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले गठन गरेको छानबिन समितिमा एसएसपी किरण बज्राचार्य, परिसरका एसपी सोमेन्द्रसिंह राठोर, डिएसपी राजकुमार केसी र अपराध महाशाखाकै डिएसपी दुर्गा दाहाल रहेका छन्।

मंगलबार बिहान प्रहरीले कमलादीबाट १५ किलो सुन बरामद भएको भन्दै सूचना चुहाए पनि चेकजाँचका क्रममा पछि आधा किलोमात्रै सुन र बाँकी चाँदी भएको पुष्टि भएको थियो।

प्रतिक्रिया दिनुहोस्
MBL