Logo

प्रतितोला ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । पछिल्लो समय लगातार बढिरहेको सुनको मूल्य बुधबार प्रतितोला ४ सय रुपैयाँले उकालो लागेको छ । करिव ४ महिनादेखि लगातार बढिरहेको सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ ।

आज सुनको मूल्य प्रतितोला ४ सयले बढ्दै ९८ हजार ६ सय रुपैयाँले बढेको छ । विश्व बजारमा सुनको मूल्यमा वृद्धि भईरहँदा नेपालमा यसको मूल्य आकाशिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य ३ रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य घट्दै आज १ हजार २ सय ३० रुपैयाँमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL