Logo

कमलादीमा बरामद १५ किलोमध्ये आधा किलोमात्रै सक्कली सुन

कमलादीमा बरामद १५ किलोमध्ये आधा किलोमात्रै सक्कली सुन



काठमाडौं । प्रहरीले मंगलबार कमलादीमा बरामद गरेको भनिएको १५ किलोमध्ये साढे १४ किलो सुन नक्कली भएको खुलेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले बरामद गरिएको सुन परीक्षण गर्दा नक्कली रहेको खुलेको बताए ।

उनका अनुसार विस्कुट आकारको दर्जनौँ टुक्रा सुनमध्ये आधा किलोमात्रै सक्कली नै रहेको पुष्टि भएको छ । बाहिरबाट हेर्दा सुन सक्कली जस्तो देखिएपनि पित्तलमा जलप लगाएको पाइएको ज्ञवालीले बताए । यस्तै प्रहरीले गोली नभएको दुई पेस्तोल पनि बरामद गरेको छ ।

यसअघि प्रहरीले नै कमलादीबाट १५ किलो सुन बरामद भएको जानकारी दिएको थियो । प्रहरीले सुन कारोबारी सक्रिय रहेको सूचनाका आधारमा पिछा गर्दा कारोबारी झोला फ्याकेर भागेका थिए।

प्रतिक्रिया दिनुहोस्
MBL