Logo

काठमाडौंको कमलादीमा १३ करोडको सुन फालेर भागे तस्कर, प्रहरीद्धारा सुन बरामद

काठमाडौंको कमलादीमा १३ करोडको सुन फालेर भागे तस्कर, प्रहरीद्धारा सुन बरामद



काठमाडौं । अवैध रुपमा भित्र्याइएको १५ किलो सुन बरामद भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको एक टोलीले उक्त सुन बरामद गरेको हो ।

प्रहरीका अनुसार विशेष सूचनाको आधारमा प्रहरीले सुन तस्करलाई फलो गर्दै जाँदा तस्करको समूह सुनसहितको झोला फालेर भागेको हो । सो क्रममा प्रहरीले झोलामा २ थान हतियार समेत फेला पारेको छ ।

कारोबारीले फालेको झोला सर्च गर्दा १५ किलो सुन र दुईथान हतियार फेला परेको महानगरीय प्रहरी परिसरका एक अधिकृतले जानकारी दिए । सुन बरामदबारे आजै पत्रकार सम्मेलन गरेर जानकारी गराइने काठमाडौं परिसरले जनाएको छ ।

सुन बोक्ने गाडीको नम्बर पहिचान भएको तर मानिस पक्राउ पर्न नसकेको बताइएको छ । पहिचान भएको गाडी र मानिस खोज्न प्रहरी परिचालन गरिएको छ ।

आजको मूल्यअनुसार बरामद सुनको मूल्य १२ करोड ६३ लाख बराबरको रहेको छ । यसबारे थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL