Logo

सुनको मूल्यले आज पनि बनायो नयाँ रेकर्ड, छिट्टै तोलाको १ लाख रुपैयाँ कट्ने बाटोमा

सुनको मूल्यले आज पनि बनायो नयाँ रेकर्ड, छिट्टै तोलाको १ लाख रुपैयाँ कट्ने बाटोमा



काठमाण्डौ । दिनहुँ नयाँ रेकर्ड कायम गरिरहेको सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ । कोरोना सङ्क्रमणका कारण लगातार उकालो लागेको सुनको भाउ आज तोलाको ९८ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ७ सय रुपैयाँ बढेको महासंघ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिए

उनकाअनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आज प्रति औंस १३ डलरले बढेको छ । एक औंसमा दुई तोला साढे ६६ लाल सुन हुन्छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आज १९ सय ४४ दशमलव ७० डलर प्रति औंस रहेको पनि उनले जानकारी दिए ।

अहिलेको अवस्था हेर्दा सुनको भाउ तोलाको एक लाख रुपैयाँ कट्ने सम्भावना बलियो बन्दै गएको शाक्यको भनाइ छ । यस्तै चाँदी आज तोलामा ३५ रुपैयाँ बढेर तोलाको १२ सय ४५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL