Logo

सोमबार थपिए १३९ जना कोरोना संक्रमित, सक्रिय संक्रमित ५ हजार ४४०

सोमबार थपिए १३९ जना कोरोना संक्रमित, सक्रिय संक्रमित ५ हजार ४४०



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका १ सय ३९ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार उक्त संख्यामा संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या १८ हजार ७ सय ५२ पुगेको छ।

हालसम्म १३ हजार ७ सय ५४ जना कोरोनाबाट मुक्त भएका छन्। नेपालमा अहिलेसम्म ३ लाख ४७ हजार २ सय ७५ जनाको पिसिआर परीक्षण भएको छ।

अब देशभर ५ हजार ४ सय ४० सक्रिय संक्रमित छन्। हालसम्म मृतक ४८ जनामा कोरोनाभाइरस देखिएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL