Logo

एकै दिन १३०० ले बढ्यो सुनको मूल्य, प्रतितोला १ लाख नजिक पुग्यो

एकै दिन १३०० ले बढ्यो सुनको मूल्य, प्रतितोला १ लाख नजिक पुग्यो



काठमाडौं । सोमबार नेपालमा सुनको मूल्य एकैदिन १ हजार ३ सय रुपैयाँले बढ्दा मूल्य १ लाख नजिक पुगेको छ । आईतबार ९६ हजार २ सय रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको सुनको मूल्य आज एकैदिन १ हजार ३ सयले बढ्दा प्रतितोला ९७ हजार ५ सय पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको सुनको मूल्य हालसम्मकै उच्च हो । प्रतिदिन सुनको मूल्य उच्च हुने क्रम केहिदिन अझै चल्नेछ । यस्तै सोमबार चाँदीको मूल्य पनि प्रतितोला ७० रुपैयाँले बढेको छ । आईतबार प्रतितोला ११ सय ५५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य बढेर सोमबार १२ सय १५ रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL