Logo

आज मन्त्रीपरिषद् बैठक बस्दै, यस्ता छन् आजको बैठकका एजेण्डा

आज मन्त्रीपरिषद् बैठक बस्दै, यस्ता छन् आजको बैठकका एजेण्डा



काठमाडौं । आज मन्त्रीपरिषद् बैठक बस्दैछ । आज बस्ने बैठकले राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा सदस्यसचिव नियुक्त गर्ने छ भने दुईजना डिआइजीलाई एआइजीमा बढुवा गर्ने छ । सदस्यसचिवका लागि सिफारिस समितिले तीन जनाको नाम युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मासमक्ष सिफारिस गरेको हो । सिफारिस हुनेमा रमेशकुमार सिलवाल, लीलबहादुर थापा र अञ्जु श्रेष्ठ रहेका छन् ।

मन्त्रालयले सदस्य सचिव नियुक्तिका लागि रामप्रसाद थपलिया संयोजक तथा रिम रानाभाट र इन्दिरा निरौला सदस्य रहेको सिफारिस समिति गठन गरेको थियो । समितिले सदस्य सचिवका लागि गत असार २६ गते सात दिने खुला दर्खास्त आह्वान गरेको थियो । उक्त अवधिमा सदस्य सचिवका लागि तीन महिलासहित २७ जनाले निवेदन दिएका थिए ।

सदस्य सचिवका लागि सिफारिस गरिएका सिलवाल यसअघिका सदस्य सचिव हुन् । यस्तै अर्का व्यक्ति थापा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य हुन् । सिफारिस गरिएकी श्रेष्ठ राष्ट्रिय महिला भलिबल टोलीकी पूर्व कप्तान हुन् । तीनजना मध्ये सिलवाल निवर्तमान सदस्यसचिव हुन् । प्रधानमन्त्री केपी ओली निकट उनी फेरि पनि नियुक्त हुने सम्भावना बलियो छ ।

?उश्रआजको मन्त्रिपरिषद्को बैठकले राखेपको नयाँ सदस्य सचिवको नियुक्त गर्न लागेको हो । यस्तै, आजै बस्ने मन्त्रिपरिषद् बैठकले दुईजना डिआइजीलाई एआइजीमा बढुवा गर्ने छ। गृहमन्त्रालयको सिफारिस अनुसार डिआइजी निरजबहादुर शाही र प्रधुन्न कार्कीको एआइजीमा बढुवा हुने छ । दुवैजना अहिलेका आइजी शैलेश थापा क्षेत्रीका ब्याजी हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL