Logo

संविधानले आर्थिक समृद्धिको ढोका खोल्ने परिसंघको ठहर, व्यवसायले प्राथमिकता पाउने विश्वास

संविधानले आर्थिक समृद्धिको ढोका खोल्ने परिसंघको ठहर, व्यवसायले प्राथमिकता पाउने विश्वास


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

३१ भदौ, काठमाडौं । नेपाल उद्योग परिसंघले लामो संघर्ष र प्रतिक्षापछि आएको नयाँ संविधानले मुलुकको आर्थिक समृद्धिको ढोका खोल्ने ठहर गरेको छ ।

नयाँ संविधानसँगै अन्यौलता, अस्थिरता र संक्रमणको अन्त्य भई आर्थिक सम्भावनाको ढोका खोलेको परिसंघले बताएको छ । साथै अब मुलुकमा व्यवसाय एवं लगानीमैत्री वातावरण कायम हुने विश्वास व्यक्त गरेको छ ।

‘संविधानले निजी क्षेत्रका कतिपय भावना नसमेटे पनि राजनीतिक सुनिश्चितता भई मुलुकमा स्थायी शान्ति कायम हुने तथा आर्थिक क्षेत्र, उद्योग व्यवसायले निश्चित प्राथमिकता पाउने विश्वास लिएको छ ’ परिसंघद्धारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

परिसंघले संविधानमा सबै क्षेत्र र समुदायले आफ्नो आकांक्षा र भावना प्रतिविम्वीत होस् भन्ने चाहेको बताइएको छ । ‘आशा छ वाँकी असन्तुष्ट पक्षका कुराहरुलाई समेत आपसी संवाद र सहमतिमा प्रमुख दलहरुले संवोधन गर्नेछन् ’ विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL