Logo

आईतबार थपिए १३० जना कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या ५ हजार ४४०

आईतबार थपिए १३० जना कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या ५ हजार ४४०



काठमाडौं । आइतबार पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका १ सय ३० जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएपछि नेपालमा कुल संक्रमितको संखया १८ हजार ६ सय १३ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालबाट ७५ जना निको भइ घर फर्किएका छन्। हालसम्म १३ हजार १ सय २८ जना कोरोनाबाट मुक्त भएका छन्। नेपालमा निको हुनेको दर ७० दशमलव ५ प्रतिशत रहेको मन्त्रालयको भनाई छ । हालसम्म ३ लाख ४२ हजार ४ सय ५७ जनाको पिसिआर परीक्षण भएको छ।

अब देशभर ५ हजार ४ सय ४० जना सक्रिय संक्रमित छन्। हालसम्म मृतक ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL