Logo

गृहमन्त्रालयको कडा निर्देशन, मास्क नलगाई हिँड्नेलाई पक्राउ गरेर संक्रामक रोग नियन्त्रण ऐन अन्तरगत कारबाही गर्नू

गृहमन्त्रालयको कडा निर्देशन, मास्क नलगाई हिँड्नेलाई पक्राउ गरेर संक्रामक रोग नियन्त्रण ऐन अन्तरगत कारबाही गर्नू



काठमाडौं । गृहमन्त्रालयले मास्क नलगाई हिँड्नेलाई कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

आइतबार गृहले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रधान कार्यालयलाई परिपत्र गर्दै मास्क नलगाई बाहिर निस्किनेलाई कडा कारबाही गर्न निर्देशन दिएको हो ।

लकडाउन खुलेपछि भीडभाड बढेको र मानिसहरुले मास्क नलगाई हिँड्ने गरेको गुनासो आएपछि गृहले निर्मम बन्न निर्देशन दिएको हो । मन्त्रायलका सह–प्रवक्ता उमाकान्त अधिकारीले मास्क नलगाई हिँड्नेलाई पक्राउ गर्न नर्देशन दिएको जानकारी दिए ।

‘हामीले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई मास्क नलगाई हिँड्नेलाई कारबाही गर्न निर्देशन दिएका छौं । अटेर गर्नेलाई पक्राउ गरेर संक्रामक रोग नियन्त्रण ऐन अन्तरगत कारबाही हुन्छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्
MBL