Logo

आजै थपिए १३३ जना नयाँ संक्रमित, संक्रमितको संख्या १८ हजार ३ सय नाघ्यो

आजै थपिए १३३ जना नयाँ संक्रमित, संक्रमितको संख्या १८ हजार ३ सय नाघ्यो



काठमाडौं । नेपालमा शुक्रबार १ सय ३३ जना कोरोनाका संक्रमित थप भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएपछि नेपालमा कु संक्रमितको संख्या १८ हजार ३ सय ७४ पुगेको छ।

पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ८७ जनाको पिसिआर परीक्षण गरिएको छ। यस्तै २४ घण्टामा १ सय ७ जना कोरोनाबाट मुक्त भएका छन्।

हालसम्म कोरोनाबाट निको हुनेको संख्या १२ हजार ९ सय ४७ पुगेको छ भने क्वारेन्टिनमा बस्नेको संख्या १९ हजार ४ सय ४४ छ।

कोरोनाका कारण ४४ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL