Logo

दैनिक रेकर्ड तोड्दै सुनको मूल्य, एकैदिन बढ्यो १३ सयले

दैनिक रेकर्ड तोड्दै सुनको मूल्य, एकैदिन बढ्यो १३ सयले



काठमाडौं । लगातार बढीरहेको सुनको मूल्यले शुक्रबार पनि नयाँ रेकर्ड कायम गरेको छ । पछिल्लो समय लगातार सुनको मूल्य बढ्दा शुक्रबार प्रतितोला ९५ हजार ८ सय रुपैयाँ पुगेको छ । बिहीबार प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज एकैदिन १ हजार ३ सयले बढ्दै सुनको मूल्य उचाईमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्ने क्रमलाई निरन्तरता दिने बताएको छ । यसरी सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड कायम गर्दा सुनको विक्री पनि हाल शून्यप्राय भएको महासंघले जानकारी दिएको छ ।

यस्तै शुक्रबार चाँदीको मूल्य पनि ५ रुपैयाँले उकालो लागेको छ । चाँदीको मूल्यले पनि उचाई लिईरहेको छ । चाँदीको मूल्य शुक्रबार १ हजार १ सय ५० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL