Logo

बिहीबार थपिए १४७ कोरोना संक्रमित, संक्रमितको संख्या १८ हजार २४१ पुग्यो

बिहीबार थपिए १४७ कोरोना संक्रमित, संक्रमितको संख्या १८ हजार २४१ पुग्यो



काठमाडौं । बिहीबार नेपालमा १ सय ४७ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा उक्त संख्याका संक्रमित थपिएका हुन्।
यीसहित नेपालमा कुल संक्रमितको संख्या १८ हजार २ सय ४१ पुगेको छ। विभिन्न अस्पतालमा हाल सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ५८ छ।

पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ८१ जनाको पिसिआर परीक्षण भएको छ। त्यस्तै २४ घण्टामा १ सय ५६ जना कोरोनाबाट मुक्त भएका छन्। यीसहित हालसम्म १२ हजार ८ सय ४० जना निको भइसकेका छन्। ४३ जनाको कोरोनाका कारण मृत्यु भएको छ।

तीन जिल्लाहरु रौतहट, कैलाली र बाजुरामा ५ सयभन्दा बढी संक्रमित उपचाररत रहेका छन् । त्यस्तै ६ जिल्लाहरुमा कोरोनाका संक्रमित देखिएका छैनन्। पाँचथर, भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङमा कोरोनाका संक्रमित देखिएका छैनन्।

प्रतिक्रिया दिनुहोस्
MBL