बिजखबर संवाददाता
३१ भदौं, काठमाडौं । ललितपुर मल तथा ललितपुर मोबाइल कम्प्लेक्सद्धारा आयोजना गरिएको मोबाइल एक्स्पो २०७२ को छैठौं दिन ५० हजार भन्दा बढि अवलोकनकर्ताहरुले अवलोकन गरेका छन् । एक्स्पोमा हालसम्म ३ लाख २५ हजारभन्दा बढि ग्राहकहरुले अवलोकन गरिसकेका आयोजकको दावी छ ।
ग्राहकहरुले डिटिसी, फ्लाई, विनकम, लाभा, सिजीलगायतका ब्राण्डका बारफोनको खरिद गर्नुका साथै सोको बारेमा जानकारी लिएका छन् । साथै, एक्स्पोको आकर्षणलाई देखेर मोबाइल फोन ब्राण्ड सिंगापुरको ब्राण्ड डिटिसी मोबाइलको हातहातमा फोन भन्ने नाराका साथ विभिन्न मोडलका बारफोनहरु बिक्री गरिरहेको छ ।
त्यसैगरी डिटिसीले बारफोन खरिद गर्न चाहने ग्राहकहरुलाई एक्सचेन्जको सुविधा पनि दिएको छ । नेपालकै पहिलो पावरब्यांक भएको डिटिसी फोर ईन वान फोनको खरिदमा १५ प्रतिशतको छुट दिएको छ । डिटिसी फोर ईन वान फोनको बजार मूल्य ५ हजार रुपैंया रहेको छ । यो फोनलाई पावरब्यांकको रुपमा प्रयोग गर्न सकिन्छ भने स्पीकर तथा पावरफुल टर्चलाईटको रुपमा पनि उपयोग गर्न सकिन्छ ।
यो फोन एक्स्पोबाट नेपाली बजारमा बिहिवारदेखि सार्वजनिक हुँदैछ । डिटिसीले अर्को फोन डिटिसी गियर पनि एक्स्पोमा ल्याएको छ । यो फोन वाकीटकी जस्तै देखिन्छ, जुन पावरब्यांक तथा मोबाइल दुबैको रुपमा प्रयोग गर्न सकिन्छ । निकै मजबुत यो फोनको बजार मूल्य ४ हजार रुपैंया तोकिएको छ । डिटिसी गियर फोनमा २० प्रतिशतको छुट दिईएको छ । डिटिसी ब्राण्डका अन्य फोनहरुमा ४० प्रतिशतसम्मको छुट दिईएको छ । यसैगरी डिटिसी जिटी एटआई स्मार्टफोनमा खरिद मूल्य ९ हजार ९ सय ९९ रुपैंयामा ३५ प्रतिशतको छुट दिईएको छ ।