Logo

घट्दै कोरोना संक्रमित, बुधबार थपिए १ सय जना

घट्दै कोरोना संक्रमित, बुधबार थपिए १ सय जना



काठमाडौं । बुधबार नेपालमा कोरोनाका १ सय संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।

बुधबार थपिएकासहित देशभर हालसम्म संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ। त्यस्तै २४ घण्टामा २ सय ७ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म कुल १२ हजार ६ सय ८४ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ।

अब विभिन्न अस्पतालमा ५ हजार ३ सय ७० संक्रमित उपचाररत छन्। मन्त्रालयका अनुसार विगत २४ घण्टामा मुलुकका विभिन्न प्रयोगशालाबाट ३ हजार ७ सय ७९ जनाको पिसिआर परीक्षण भएको छ।

हालसम्म ३ लाख २७ हजार बढीको पिसिआर परीक्षण भएको छ। हालसम्म मृतक ४२ जनामा कोरोना पोजेटिभ देखिएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL