Logo

आजबाट मापसे जाँच पुनः सुचारु, मापसे कक्षासमेत सुचारु हुने

आजबाट मापसे जाँच पुनः सुचारु, मापसे कक्षासमेत सुचारु हुने



काठमाडौं । सवारी चालकको मादक पदार्थ सेवन (मापसे) परिक्षण बुधबारदेखि पुनः सुरु हुने भएको छ ।

कोडिभ–१९ को जोखिमका कारण गत चैत ११ देखि मापसे परिक्षण आजदेखि शुरु भएको ट्राफिक महाशाखाले जनाएको छ ।

महानगरीय ट्रापिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी_ भीम प्रसाद ढकालका अनुसार स्वास्थ्य सावधानी अपनाउँदै चार महिनापछि आजबाट परिक्षण सुरु गर्न लागिएको हो । साथै, नियमित मापसे कक्षासमेत सुचारु गरिने उनको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्