Logo

मंगलबार थपिए १५० जना कोरोना संक्रमित, ६०९ जना डिस्चार्ज

मंगलबार थपिए १५० जना कोरोना संक्रमित, ६०९ जना डिस्चार्ज



काठमाडौं । मंगलबार नेपालमा कोरोनाका १ सय ५० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएपछि कुल संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको छ।

त्यस्तै विगत २४ घण्टामा ६ सय ९ जना कोरोनाबाट मुक्त भएका छन्। यीसहित हालसम्म १२ हजार ४ सय ७७ जना कोरोनाबाट निको भइ घर फर्किएका छन्।

विगत २४ घण्टामा २७ प्रयोगशालाबाट ३ हजार ९ सय ६३ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ३ लाख २३ हजार ८ सय ३५ जनाको पिसिआर परीक्षण भएको छ। अब विभिन्न अस्पतालमा कोरोना सक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ७७ छ। हालसम्म मृतक ४० जनामा कोरोना देखिएको छ।

प्रतिक्रिया दिनुहोस्