Logo

सोमबार थपिए नेपालमा १८६ कोरोना संक्रमित, संक्रमितको संख्या १७ हजार ८४४ पुग्यो

सोमबार थपिए नेपालमा १८६ कोरोना संक्रमित, संक्रमितको संख्या १७ हजार ८४४ पुग्यो



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार २ सय १६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

नेपालभर हालसम्म १७ हजार ८ सय ४४ जना संक्रमित भएका छन्।
विगत २४ घण्टामा विभिन्न अस्पतालबाट १७३ जना कोरोनामुक्त भएका छन्। यीसहित हालसम्म ११ हजार ८ सय ६८ जना कोरोनाबाट निको भएका छन्। विगत २४ घण्टामा २७ प्रयोगशालाबाट ४ हजार २ सय १६ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्