Logo

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौँ । सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा रु २ सयले घटेको छ । महासंघका अनुसार आज छापवाला सुन प्रतितोला ९२ हजार ३ सयमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार भने सुन तोलाको ९२ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन प्रतितोला ९१ हजार ८६५ मा कारोबार भइरहेको छ ।

त्यस्तै सोमबार चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी तोलामा रु ५ ले घटेर प्रतितोला एक हजार रुपैंयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL