Logo

आईतबार थपिए १५६ कोरोना संक्रमित, संक्रमितको संख्या १७ हजार ६५८ पुग्यो

आईतबार थपिए १५६ कोरोना संक्रमित, संक्रमितको संख्या १७ हजार ६५८ पुग्यो



काठमाडौं । आइतबार नेपालमा थप १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार यससँगै नेपालमा संक्रमितको संख्या १७ हजार ६ सय ५८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालाबाट ३ हजार ७ सय ४१ जनाको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गरिएको थियो ।
आइतबार कोरोना स‌ंक्रमण निको भएर ५८ जना डिस्चार्ज भएका छन् । हालसम्म ११ हजार ६९५ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्