Logo

फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आज कारोबार ?

फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आज कारोबार ?



काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा रु ३ सयले बढेको छ । महासंघका अनुसार आज छापवाला सुन प्रतितोला ९२ हजार ५ सयमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार भने सुन तोलाको ९२ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन प्रतितोला ९२ हजार ६५ मा कारोबार भइरहेको छ ।

त्यस्तै आइतबार चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी तोलामा रु १० ले बढेर प्रतितोला एक हजार पाँच रुपैंयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL