Logo

शुक्रबार थपिए १०१ जना कोरोना संक्रमित, डिस्चार्ज हुनेको संख्या २८५

शुक्रबार थपिए १०१ जना कोरोना संक्रमित, डिस्चार्ज हुनेको संख्या २८५



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ४ सय ४५ पुगेको छ ।

शुक्रबार ४ हजार ६८८ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो । त्यस्तै २ सय ८५ जना डिस्चार्ज भएका छन् । हालसम्म ११ हजार ५ सय ३४ जना डिस्चार्ज भइसकेको मन्त्रालयले जानकारी दिएको छ । हाल ५ हजार ८ सय ७१ जना संक्रमित आइसोलेसनमा उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्