Logo

पछिल्लो २४ घण्टामा नेपालमा थपिए १६७ कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या ६ हजार ५६ पुग्यो

पछिल्लो २४ घण्टामा नेपालमा थपिए १६७ कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या ६ हजार ५६ पुग्यो



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ सय ६७ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त संख्यामा आजै संक्रमित थपिएपछि नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ५६ पुगेको छ । यस्तै हालसम्म डिस्चार्ज भएका र सक्रिय गरी नेपालभर १७ हजार ३ सय ४४ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालभर २७ प्रयोगशालामार्फत ४ हजार ९ सय ८१ जनाको पीसीआर परिक्षण भएको छ । यस्तै हालसम्म २३ हजार ५ सय जना क्वारेन्टाईनमा रहेका छन् भने ६ हजार ५६ जना आईसोलेसनमा रहेका छन् । पछिल्लो २४ घण्टामा नेपालभरीका विभिन्न अस्पतालबाट २ सय १३ जना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणलाई जितेर डिस्चार्ज हुने संक्रमितको संख्या ११ हजार २ सय ५१ जना पुगेको छ ।

यस्तै मन्त्रालयले काठमाडौंमा ३ हजारको कोरोना परिक्षण गर्दा ३ जनाको मात्रै संक्रमण पुष्टि भएको जानकारी दिएको छ । यसै कारण पछिल्लो समय कोरोना संंक्रमितको संख्यामा कमी आउँदा पीसीआर परिक्षण पनि घटाईएको बताईएको छ । सरकारसँग दैनिक १० हजार पीसीआर परिक्षण गर्ने क्षमता रहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्