बिजखबर संवाददाता
२९ भदौ, काठमाडौं । राष्ट्रिय योजना आयोगले पुरानो वेबसाईटलाई अपडेट गर्दै व्यापक सुधार गरेको छ । आयोगले सोमबारदेखि आफ्नो नयाँ वेबसाईट सार्वजनिक गरेको हो ।
सुचनामा सर्वसाधारणको पहुँच हुनुपर्ने धारणा ‘ओपन डाटा’मा आधारीत रहेर वेबसाईट निर्माण गरिएको आयोगले बताएको छ । गुगल र काठमाडौं लिभिङ् ल्याब्स सँगको सहकार्यमा नयाँ वेबसाईट (www,npc.gov.np) तयार भएको हो । वेबसाइटको डिजाइन आयोग र वेबु आर्टले गरेका हुन् ।
वेबसाईटमा पुनर्निमाणलाई मूख्य थिमको रूपमा राखिएको छ । यसबाहेक सबै जिल्लाका अवस्था तथा त्यसको नक्सा समेत वेबसाईट प्रयोगकर्ताले पाउन सक्नेछन् ।
आयोगका प्रकाशन सहित नेपालका मुख्य जलविद्यतु आयोजनाका विषयमा समेत वेबसाईटमा सुचना उपलब्ध छ ।