Logo

देशभर अझै केही दिन लगातार बर्षा हुने विभागको पूर्वानुमान, पहिरो र डुबानको खतरा

देशभर अझै केही दिन लगातार बर्षा हुने विभागको पूर्वानुमान, पहिरो र डुबानको खतरा


बिजखबर संवाददाता
297
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशभर अझै केही दिन लगातार वर्षाको सम्भावना रहेकोले सतर्क रहन आव्हान गरेको छ । वर्षाका कारण नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने तथा डुबान हुने भन्दै सतर्क रहन आग्रह गरेको हो ।

वर्षाका कारण सडक तथा हवाई यातायात सेवासमेत प्रभावित हुने भन्दै आवश्यक सतर्कता अपनाउन विभागले सबैसमक्ष आग्रह गरेको छ । प्रदेश १, प्रदेश २, वागमती प्रदेश र गण्डकी प्रदेशमा तुलनात्मक रुपमा बढी वर्षाको सम्भावना रहेकोे छ ।

मौसमविद्हरुका अनुसार निरन्तरको वर्षाले माटो गलिसकको हुँदा अब ठूलो वर्षा नभएपनि पहिरोको खतरा बढेको छ । आज देशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको हुँदा नदीजन्य प्रकोपका घटनाहरु हुनसक्छन् ।

बिजखबर संवाददाता

प्रतिक्रिया दिनुहोस्
MBL