Logo

नेकपा स्थायी कमिटी बैठक शुक्रबारसम्मका लागि स्थगित

नेकपा स्थायी कमिटी बैठक शुक्रबारसम्मका लागि स्थगित



काठमाडौं । बुधबार बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक असार २६ गते शुक्रबारसम्मका लागि स्थगित भएको छ। मंगलबार प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच आज ११ बजे स्थायी कमिटी बैठक बोलाउने सहमति भएको थियो।

नेकपा स्थायी कमिटी बैठक असार १० देखि सुरु भएको हो। तर पार्टी भित्रको विवाद बढ्दै गएपछि स्थायी कमिटी पनि प्रभावित हुँदै आएको छ। आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्