Logo

सरिता गिरी पार्टीबाट निलम्बित, सांसद पद गुम्यो

सरिता गिरी पार्टीबाट निलम्बित, सांसद पद गुम्यो



काठमाडौं । समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टीले निष्कासन गरेको छ । पार्टीले पार्टीबाट निष्कासन गरेसँगै उनको सांसद पदपनि गुमेको छ । पार्टी महासचिव रामसहायप्रसाद यादवको नेतृत्वमा बनेको तीन सदस्यीय कार्यदलले गिरीलाई कारबाही गर्न सिफारिस गरेको थियो ।

त्यसैअनुसार कारबाहीको निर्णय भएको समाजवादी पार्टीले गरेको हो । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् ।

पार्टीले संशोधन फिर्ता लिन र विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिए पनि उनले अटेर गरेकी थिइन् । उनले अटेर गरेकै आरोपमा पार्टीबाट निलम्बन गरिएको समाजवादी पार्टी स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL