Logo

सोमबार थपिए १८० नयाँ संक्रमित, २६४ जना डिस्चार्ज

सोमबार थपिए १८० नयाँ संक्रमित, २६४ जना डिस्चार्ज



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा मात्रै १ सय ८० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजै मात्रै उक्त संख्यामा नयाँ संक्रमित थपिएका हुन । यसरी नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ ।

हालसम्म विभिन्न प्रयोगशालामा गरी ४ हजार ७ सय २१ जनाको पीसीआर परिक्षण गरिएको छ । यस्तै पछिल्लो समय नेपालका क्वारेन्टाईनमा बस्नेहरुको संख्या भने २९ हजार २ सय १५ पुगेको छ ।

साथै पछिल्लो २४ घण्टामा २ सय ६४ जना कोरोना जितेर घर फर्केका छन् । उक्त संख्यासँगै हालसम्म नेपालमा कोरोनालाई जितेर घर फर्किेनको संख्या ६ हजार ८ सय ११ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्