Logo

आर्थिक पत्रकार बराललाई नूरगङ्गा प्रतिभा पुरस्कार, पुरस्कार राशी रु.१५ हजार

आर्थिक पत्रकार बराललाई नूरगङ्गा प्रतिभा पुरस्कार, पुरस्कार राशी रु.१५ हजार


रामराजा श्रेष्ठ
0
Shares

२७ भदौ, काठमाडौं । नूरगङ्गा प्रतिभा पुरस्कार गुठीले २०७१ सालको नूरगङ्गा बालसाहित्य राष्ट्रिय नवप्रतिभा पुरस्कार बालसाहित्यकार जनार्दन बराल (सिन्धुली)लाई प्रदान गरिने भएको छ । पुरस्कारको राशी रु. १५ हजार र प्रमाणपत्र रहेको छ । बरालका करीब एक दर्जन बालसाहित्यका पुस्तक प्रकाशित छन् ।

नूरगङ्गा राष्ट्रिय लोकगायन प्रतिभा पुरस्कार लमजुङका दीर्घराज अधिकारी (भेडीखर्के साहिँला) र काभ्रेका बुद्धिकृष्ण लामिछानेलाई संयूक्त रुपमा प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारको राशी रु. १ लाख र सम्मान पत्र प्रदान रहेको छ ।
भेडिखर्के साहिँलाको ठाडोभाका संरक्षण र प्रबद्र्धनमा विशेष योगदान छ भने लामिछाने चर्चित लोकगायक हुन् ।
,त्यस्तै, नूरगङ्गा लुम्बिनी अञ्चलस्तरीय स्थापित साहित्य प्रतिभा पुरस्कार र नूरगङ्गा लुम्बिनी अञ्चलस्तरीय लोकगायन नवप्रतिभा पुरस्कार रुपन्देहीका स्रष्टाद्वय बालकृष्ण भट्टराई र प्रचण्ड जीसीलाई प्रदान गर्ने निर्णय गरिएको गुठीले जनाएको छ । पुरस्कारको राशी क्रमश रु.२५ हजार र १५ हजार रहेको छ ।
शुक्रवार काठमाडौंमा बसेको गुठीको साधारण सभाले यस्तो निर्णय गरेको सदस्य सचिव यज्ञप्रसाद शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL