Logo

परिसंघ भन्छ, राजनीतिक मुद्दाले आर्थिक गतिविधि ठप्प, धरासयी बन्दै व्यवसाय

परिसंघ भन्छ, राजनीतिक मुद्दाले आर्थिक गतिविधि ठप्प, धरासयी बन्दै व्यवसाय


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२७ भदौं, काठमाडौं । सरकारी राजनीति मुद्दामा केन्द्रित हुँदा देशले आर्थिक रुपमा फड्को मार्न नसकेको नेपाल उद्योग परिसंघले बताएको छ । ‘देशमा भइरहेको द्वन्द्वले गर्दा सम्पूर्ण आर्थिक गतिविधि ठप्प छ,’ नेपाल आर्थिक पत्रकार समाज (सेजन)का नवनिर्वाचित पदाधिकारीलाई स्वागत गर्दै परिसंघका अध्यक्ष नरेन्द्र वस्न्यात भने ।

स्वागत कार्यक्रममा परिसंघका वरिष्ठ उपाध्यक्ष हरिभक्त शर्माले बन्दको कारणले देश आर्थिक रुपमा १ वर्ष पछि धकेलिएको बताए । ‘तराइमा राजनीति आन्दोलनले बन्द छ भने पहाडमा कच्चा पदार्थ नभएर उद्योग कलकारखाना बन्द छन्,’ उनले भने, ‘हालको अवस्थामा उद्योगी व्यवसायीहरु घर भाडा तिर्न र कर्मचारीलाई तलव खुवाउन नसक्ने अवस्थामा छन् ।’

कार्यक्रममा चिनी उद्योग संघका अध्यक्ष शशीकान्त अग्रावले सरकारको लाचारीपनले गर्दा उद्योगहरु घरासयी हुँदै गएको बताए । ‘सरकार उद्योग रुग्ण अवस्थामा पुगुन्जेसम्म हेरेर वस्छ,’ उनले भने, ‘तर, कुनै पनि उद्योग घरासयी हुनुभन्दा पहिला नै त्यसलाई सुधार गर्ने तर्फ सोच्नु पर्छ ।’

कार्यक्रममा सीएनआईका प्रवक्ता मनोज केडियाले आर्थिक मुद्दामा व्यवसायी तथा पत्रकार गहन छलफल गरेर अघि बढ्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL