Logo

आजै थपिए ७४० जना नयाँ संक्रमित, संक्रमितको संख्या १५ हजार २५९ पुग्यो

आजै थपिए ७४० जना नयाँ संक्रमित, संक्रमितको संख्या १५ हजार २५९ पुग्यो



काठमाडौं । शुक्रबार मात्रै नेपालमा ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमित थपिएका हुन । मन्त्रालयका अनुसार नेपालमा उक्त संख्यामा संक्रमित थपिँदा कुल संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ ।

काठमाडौं नयाँ बानेश्वर बस्ने एक वृद्धको कोरोनाका कारण मृत्यु भएको छ । उनलाई उच्च रक्तचापले चापेको थियो । उनको मृत्युसँगै नेपालमो मृत्यु हुने संक्रमितको संख्या ३२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्