Logo

बिहीबार सुनको मूल्यमा ७ सय रुपैयाँको गिरावट, प्रतितोला ९१ हजारमा कारोबार हुँदै

बिहीबार सुनको मूल्यमा ७ सय रुपैयाँको गिरावट, प्रतितोला ९१ हजारमा कारोबार हुँदै



काठमाडौं । लगातार बढेको सुनको मूल्य बिहीबार प्रतितोला ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९१ हजार ७ सय मा कारोबार भईरहेको सुनको मूल्य बिहीबार घटेर ९१ हजारमा सिमित भएको हो ।

लगातार बढेर बिहीबार एकाएक प्रतितोला ७ सयले मूल्यमा गिरवाट आउँदा यसलाई सकारात्मक रुपमा हेरिएको छ । महासंघका अनुसार बिहीबार चाँदीको मूल्यमा पनि १० रुपैयाँको गिरावट आएको छ । बुधबार ९ सय ६० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेकोे चाँदीको मूल्य बिहीबार घटेर ९ सय ५० रुपैयाँ प्रतितोला पुगेको हो ।


प्रतिक्रिया दिनुहोस्