Logo

सांग्रिलाका कर्मचारीले मागे क्षतिपूर्ति , ऐनअनुसार सुविधा नदिएको आरोप

सांग्रिलाका कर्मचारीले मागे क्षतिपूर्ति , ऐनअनुसार सुविधा नदिएको आरोप


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता
२७ भदौ, काठमाडौँ । क्यासिनो सांग्रिलाका कर्मचारीले क्षतिपूर्तिसहित पुनःबहालीको माग गरेका छन् ।

सांग्रिलाका सञ्चालक प्रसिद्धराज पाण्डेले करिब दुई वर्ष अगाडि क्यासिनो बिक्री गर्ने क्रममा त्यहाँ काम गरेका ४ सय ६७ कर्मचारीलाई श्रम ऐनअनुसार कुनै सुविधा उपलब्ध नगराएको आरोप छ ।

त्यस्तै होटलले श्रम ऐन उल्लङ्घन गरी सेवाबाट वञ्चित गराएको आरोप लगाउँदै क्षतिपूर्ति तथा पुनःबहाली गराउन पीडित संघर्ष समितिका संयोजक अरविन्द झाले माग गरे ।

सो अवसरमा सभासद् विनोद श्रेष्ठले क्यासिनोको खरिद बिक्री गर्दा सरकारले त्यहाँका कर्मचारीको अवस्थाका बारेमा बुझेर मात्र व्यवस्थापन हस्तान्तरण गर्नुपर्नेमा त्यसो नभएको बताए ।
साथै व्यवस्थापिका–संसद्, अन्तर्रा्ष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा त्यसबारे छलफल चलाइने जानकारी दिए ।

समितिका सदस्य पुष्करनाथ योगीले मलेसियाको स्टार मेनेजमेन्टले पुनःक्यासिनो सञ्चालन गर्दा पुरानै कर्मचारीलाई नियुक्त गर्ने सर्तमा क्षतिपूर्तिको व्यवस्था गर्ने भनिए पनि ट्रेड युनियनका नेताहरुले होटल व्यवस्थापनबाट ४५ लाख खाएर आफूहरुको बिचल्ली बनाएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्
MBL