Logo

बुधबार थपिए ४८२ जना संक्रमित, संक्रमितको संख्या १४ हजार नाघ्यो

बुधबार थपिए ४८२ जना संक्रमित, संक्रमितको संख्या १४ हजार नाघ्यो



काठमाडौं । बुधबार नेपालमा ४ सय ८२ जना थप कोरोना संक्रमित पुष्टि भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमित थपिएपछि नेपालमा संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ ।

हालसम्म ४ हजार ६ सय ५६ जना अस्पतालबाट कोरोना जितेर डिस्चार्ज भईसकेका छन् । यस्तै सरकारले हालसम्म विभिन्न क्षेत्रमा गरेर २ लाख ३३ हजार २ सय २७ जनाको पीसीआर परिक्षण गरिसकेको छ । साथै ४८ हजार २ सय ६२ जना क्वारेन्टाईनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्