Logo

परीक्षणको दायरा बढाउन र प्रभावकारी नतिजाका लागि पुलिंग मेथडबाट कोरोना संक्रमणको पिसिआर टेस्ट गरौं : डा रबीन्द्र पाण्डे

परीक्षणको दायरा बढाउन र प्रभावकारी नतिजाका लागि पुलिंग मेथडबाट कोरोना संक्रमणको पिसिआर टेस्ट गरौं : डा रबीन्द्र पाण्डे



काठमाडौं । हाम्रोजस्तो स्रोत, साधन र जनशक्ति सिमित भएको देशमा परीक्षणको दायरा बढाउन पुलिंग मेथड उपयुक्त बिधि हो | यसबाट कम खर्च र कम जनशक्तिबाट धेरै जनाको परीक्षण गर्न सकिन्छ | क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई यो मेथड झन् प्रभावकारी हुन्छ |
.
पुलिंग मेथडले पिसिआर जांच गर्दा संकलन गरेका १० वटा नमुनाको बराबर मात्रामा RNA मिसाउनुपर्दछ | RNA छिटो नष्ट हुने भएकोले ती नमुनाको कम्प्लिमेन्टरी DNA बनाउने अथवा कम्प्लिमेन्टरी DNA बनाएर १० जनाको एकैपटक परीक्षण गर्ने | यदि ती १० जनाको मिश्रणबाट नेगेटिभ रिजल्ट आयो भने सबैजना कोरोनामुक्त छन् भन्ने बुझिन्छ |

यदि १० जनाको मिश्रणलाई परीक्षण गर्दा पोजिटिभ आयो भने त्यो ५ / ५ जनाको मिश्रण परीक्षण गर्ने | यसो गर्दा कुनै एक समुहको नेगेटिभ आयो भने बाँकी ५ जनाको छुट्टाछुट्टै परीक्षण गरेर कसको नमुना पोजिटिभ देखियो, त्यो पत्ता लगाउने | यस्तो परीक्षण एचाइभि, हेपाटाइटिस B, C आदिको परीक्षणमा ब्यापक रुपमा गरिन्छ |

अहिले दैनिक ५ हजारको हाराहारीमा पिसिआर परीक्षण भएको छ | पुलिंग मेथडबाट जांच गर्ने हो भने यहि क्षमताले ५० हजार जनाको पिसिआर गर्न सकिन्छ | दशौँ हजार स्याम्पल परीक्षणको पालो कुरेर बसेको बर्तमान अवस्थामा पुलिंग मेथडबाट टेस्ट गर्ने कुरामा सरकारको ध्यान जावोस् |

हाम्रो देशमा भएका मोलिकुलर बैज्ञानिक, माइक्रोबायोलोजिस्ट, भाइरोलोजिस्ट तथा ल्याब टेक्नोलोजिस्टहरुलाई सदुपयोग गरेर पिसिआर परीक्षणको गुणस्तर थप विश्वासिलो बनाउन सकिन्छ | डा पाण्डे जनस्वास्थ्य विज्ञ हुन्

प्रतिक्रिया दिनुहोस्
MBL