Logo

पुष्प व्यवसायमा नयाँ कार्यसमिति, अध्यक्षमा पुनः गैरे

पुष्प व्यवसायमा नयाँ कार्यसमिति, अध्यक्षमा पुनः गैरे


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
२६ भदौं, काठमाडौं ।
फ्लोरिकल्चर एशोसिएशन नेपालमा नयाँ कार्यसमतिति चयन भएको छ । एसोसिएसनको २३ औं साधारण सभाले लोकनाथ गैरेको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ । गैरो एसोसिएसनको दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
काठमाडौंमा सम्पन्न निर्बाचन बाट ११ सदस्य सहितको कार्यसमिती निर्बाचित भएको हो । फ्यानको उपाध्यक्षमा दिलिप बादे, महासचिबमा मिनबहादुर तामाङ र कोषाध्यक्षमा शिबबहादुर खड्का निर्बाचित भएका छन् । त्यस्तै, सदस्यमा सिताराम पन्त, रामबहादुर तामाङ, महेन्द्र बहादुर सुबेदी, पाण्डब श्रेष्ठ, मिना तामाङ, रामजीकुँवर र रोशन श्रेष्ठ निर्बाचित भएका हुन् ।
साधारण सभामापोखरा, चितवन, धादिङ, काभ्रे, काठमाडौं, ललितपुर र भक्तपुरका गरि २ सय ५३ साधारण सदस्यहरुको सहभागिता रहेको थियो ।
उक्त अवसरमा नेपाल उद्योग बाणिज्य महासंघकी बरिष्ठ उपाध्यक्ष भबानी राणाले आयात प्रतिस्थापन गर्दै निर्यात बढाउनेतर्फ लाग्नुपर्नेमा जोड दिइन् । उनले नितीगत रुपमा सरकारले सहयोग गर्नुपर्ने र निर्यात प्रबद्र्धनका लागि ब्यबशायीहरुले उत्पादन बृद्धिमा लाग्नुपर्ने बताईन ।
यस्तै महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले ब्यबशाय बृद्धिका लागि शान्ती शुरक्षा प्रमुख बिषय भएको बताए । कृषि बिकास मन्त्रालयका सह सचिब उदयचन्द्र ठाकुरले देश भित्र कृषिउत्पादन बृद्धिका लागि सरकारले सक्दो सहयोग गर्न तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL