Logo

नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु, कुल मृतक संख्या २८ पुग्यो

नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु, कुल मृतक संख्या २८ पुग्यो



काठमाडौं । नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । संक्रमित पुरुषको शनिबार बिहान चितवनको भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

संक्रमित व्यक्ति फोक्सो क्यान्सरको समस्याले ग्रसित थिए । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

सूचना अधिकारी लिलाधर पौडेलले फोक्साकोे क्यान्सरको उपचार भइरहेको अवस्थामा असार ११ गते कोाभिड पुष्टि भएपछि भरतपुर अस्पताल ल्याइएका पुरूषको मृत्यु भएको पुष्टि गरे ।

‘क्यान्सर रोगी भएको कारण फोक्सोको समस्या, सास फेर्न असहज हुने, रक्तचाप घट्ने जस्ता लक्षण बिमारीमा देखिएका थिए’, पौडेलले भने। शव व्यवस्थापनको लागि अहिले आफन्तसँगको परामर्श भइरहेको उनले बताए ।

‘आफन्तसँगको परामर्शपछि सेना र प्रहरीबाट शव व्यवस्थापनको तयारी रहेको छ’, उनले भने । यसअघि पनि भरतपुर अस्पतालमा एक जना संक्रमितको मृत्यु भएपछि सेनाले शव व्यवस्थापन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्