Logo

विश्वमा कोरोना संक्रमितको संख्या १ करोड नजिक, मृत्यु हुनेको संख्या ५ लाख नजिक (अपडेट)

विश्वमा कोरोना संक्रमितको संख्या १ करोड नजिक, मृत्यु हुनेको संख्या ५ लाख नजिक (अपडेट)



काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या एक करोड पुग्न लागेको छ ।

शनिबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९९ लाख ४ हजार ९६३ पुगेको छ । संक्रमणबाट मृत्यु हुनेको संख्या पनि अझै घट्न सकेको छैन । संक्रमणबाट विश्वभर ४ लाख ९६ हजार बढीको मृत्यु भएको छ ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार बिहानसम्म कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या विश्वभर ४ लाख ९६ हजार ८६६ पुगेको छ भने छ भने संक्रमितमध्‍ये हालसम्म ५३ लाख ५७ हजार ८४० जना निको भएका छन् ।

चीनबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको संक्रमणबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म १ लाख २७ हजार ६४० जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या २५ लाख ५२ हजार ९५६ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४७ हजार ३४१ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ६६३ जनाले ज्यान गुमाएका छन् ।

अहिलेसम्म संक्रमितको संख्या २५ लाख ५२ हजार ९५६ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४७ हजार ३४१ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ६६३ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा संक्रमितको संख्या १२ लाख ८० हजार ५४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ५५ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ५६ हजार १०९ पुगेको छ ।

छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १५ हजार ६८९ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा १८ हजार २७६ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको ५ लाख ९ हजार ४४६ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्